कास्कीमा थपिए आठ हजार मतदाता

पाेखरा | साउन २०, २०७९

कास्कीमा थपिए आठ हजार मतदाता

 

कास्की:   कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन् । नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा चार हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । 

  

 निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उहाँले बताउनुभयो । जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या दुई लाख ८१ हजार ९४० थियो । जिल्लामा करिब एक हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्